वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ पर्साको २४ औं सधारण सभाको उद्घाटन समारोह सम्पन्न भएको छ । सङ्घका पर्सा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो ।
वीरगञ्जस्थित महासङ्घको भवनमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासङ्घका केन्द्रिय महासचिव एवम् कार्यक्रमका प्रमुख अतिथी रामप्रसाद दहालले देशलाईनै पत्रकार अंचारसंहित दिने पर्सा जिल्ला सिंगो देशको लागि शिक्षा र सन्देशमुलक जिल्ला रहेको बताए ।
दहालले नेपाली पत्रकारीता ईतिहासमा पर्सा जिल्लाको योगदान महत्वपुर्ण रहेको बताएका थिए । उनले पर्सा जिल्लाको पत्रकारितामा व्यापक परिर्वतन आएको बताउँदै पुराना आँखाले पर्साको पत्रकारिता क्षेत्र नहेर्न अनुरोधसमेत गरेका थिए ।
यसैगरी कार्यक्रममा स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार गया यादव र कन्हैयालाल केसरीलाई सम्मानित गरिएको थियो । यादव र कसरीलाई नगद २५ हजार रुपैयाँ, प्रमाण पत्रलगायतले सम्मानित गरिएको अध्यक्ष बन्जाराले बताए ।
कार्यक्रममा विशिष्ट अतिथी शितल महतो, राजेश मिश्रा, नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर २ अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पूर्व अध्यक्ष अशोक तिवारी, नेकपा पर्सा अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेल, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ, पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायतकाले शुभकामाना मन्तव्य राखेका थिए ।
त्यसैगरी महासङ्घले पूर्व अध्यक्षहरु शंकर खतिवडा, सत्रुघन नेपाल, अशोक तिवारी, केसी लामिछाने, श्याम बन्जारा, दिपेन्द्र चौहान, वरिष्ठ पत्रकार जगदिश शर्मा, शितल महतो, महेश दासलगायतलाई दोसल्ला ओढाई सम्मानित गरेको थियो ।
महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीले स्वागत गरेको कार्यक्रमको सहजिकरण सचिव युवराज खड्काले गरेका थिए । उद्घाटन समारोह पश्चात भएको बन्द शत्रमा सचिव खडकाले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष भुषण यादवले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए ।
यसमा तपाईंको प्रतिक्रिया: