पिसफोर दलित फाउन्डेसनको विशेष पहलमा बालबालिकालाई शैक्षिक समाग्री बितरण

वीरगंज । ईनटरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाको आर्थिक सहयोग र बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेसन नेपालको सहकार्य तथा पिसफोर दलित फाउन्डेसन नेपाल पर्साको विशेष पहलमा आज दुई सय दलित बिद्यार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरिएको छ ।

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका ४ सुपौली , भवानीपुर , कोढौली सढि गाउँको दलित बालबालिकाहरुको लागि शैक्षिक सामग्रीहरु वितरण गरिएको हो। बिद्यार्थीहरुलाई कापी ,कलम , पेनसिल , ब्याग वितरण गरिएको छ ।

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय , सुपौली , श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय , कोढौली सढि , श्री पशुपतिनाथ प्राथमिक विद्यालय ,भवानीपुर गरि ३ वटा विद्यालयको जम्मा २०० जना बालबालिकाहरु शैक्षिक समाग्री वितरण गरिएको दलित अगुवा मनोज रामले बताउनुभयो ।

जिराभवानी गाउँपालिकाको उप प्रमुख उषा चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा , स्वता केसि , सपना श्रेष्ठ , विद्यालयको प्र.अ. रामनारायण महतो थारु, दिनानाथ प्रसाद महतो थारु , पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य चन्द्रकिशोर राम, सदस्य सुरेन्द्र पासवान , अशोक राम लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष र सामाजिक अभियान्ता मनोज रामले गरेका थिए ।

error: Content is protected !!