घुससहित विद्युत प्राधिकरणका चार कर्मचारी पक्राउ

वीरगन्ज, १७ माघ । सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा धनुषाको मिथिला नगरपालिकाबाट हिजो साँझ नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई ५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत सुपरभाइजर जगतनारायण साह, इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र दोस्रो तहका करार कर्मचारी मनोहरकुमार महतो छन् ।

उनिहरुलाई मिथिला नगरपालिका(५ स्थित रन्जितकुमार महतोको पोल्ट्री फार्ममा नयाँ मिटर जडानका लागि ५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

error: Content is protected !!