१८ सय थान लागुऔषध एम्पुलसहित वीरगञ्जबाट दुईजना पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट १८ सय एम्पुल लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले पक्राउ गरेको हो । जलन्धर अटोका चालक हुन भने जयप्रकाश अटोमा सवार थिए ।

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना १ ह ४६४४ नम्बरको अटो चेकजाँच गर्दा लागूऔषध बरामद गरेको थियो । अटोमा अवैध कारोबार हुने गरेको सूचना पाएको प्रहरीले अटोलाई निगरानीमा राखेको थियो ।

सोही क्रममा बिहीबार राति पिठोको बोराभित्र र कपडाको झोलामा लुकाएर राखिएको अवस्थामा फेनारगन, नुर्फिन र डाइजेपाम बरामद भएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर लागूऔषध कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!