अपराधिक गतिविधि नियन्त्रण गरी अमन चयन कायम गर्छु : एसपी पाण्डे

वीरगञ्ज, १६ माघ । सिमा वार पार हुने अपराधिक गतिविधिमा लगाम लगाएर आम नागरिकलाई शान्ति सुरक्षा कायम गर्न पर्सा प्रहरी कुनै कसर बाकी नराख्ने पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताउनु भएको छ ।

पर्सेली पत्रकारहरु संगको भेटघाटमा प्रहरी उपरिक्षक पाण्डेले वीरगञ्ज आईसकेपछि मेरो प्रमुख दायित्व भनेको यहाँका आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्ने भएकोले सोही अनुरुप कामहरु पनि अगाडी बढाइएको बताए ।

खुल्ला सिमानाका कारण शान्ति सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताउँदै सिमा क्षेत्रमा बिशेष निगरानी गरिने योजना रहेको उनले बताए । उनले सिमाक्षेत्रसँग जोडिएको जिल्ला भएकोले लागूऔषध ओसार पसार नियन्त्रण एवम् अबैध कारोवार नियन्त्रणमा जोड दिने बताए ।

यसैगरी आजै जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध ओसार पसार गर्ने व्यक्तिलाई सार्वजनिक समेत गरेको छ । यता प्रहरीले माघ १ देखि १५ गतेसम्म भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेका लताकपडा, खाद्यन्न, काठ र किराना समान लागयत मालबस्तुहरु पनि सर्वाजनिक गरेको छ ।

त्यस्तै प्रहरीले एक बिगहा १६ कठा ११ धुरमा लगाइएको २५ हजार पाँच सय गाँजाको बोट नष्ट गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ । यसैगरी प्रहरीले फेनारगन, डाइजिल्याब,नुर्फिन, निट्राभेट ट्याबलेट र कोरेक्स सहित ७ जनालाई सार्वजनिक गरेको पत्रकार सम्मेलन मार्फत एसपी पाण्डेले जानकारी दिए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!