पर्सा प्रहरीद्वारा पाँच सय लिटर अवैध घरेलु मदिरा नष्ट

वीरगञ्ज । पर्सा प्रहरीले अवैध तरिकाले उत्पादन गरिएको घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको प्रहरी चेकप्वाइन्ट परवानीपुरबाट खटेको प्रहरी टोलिले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको सार्वजनिक यात्रु वाहक बस चेकजाँच गर्दा पाँच सय लिटर मदिरा बरामद गरेको थियो ।

प्रहरीले सोही मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।

error: Content is protected !!