नेपाल पत्रकार महासंघ पर्साको साधारण सभा माघ २० मा हुने

वीरगंज, माघ १३ । नेपाल पत्रकार महासंघ पर्साको २४ औ साधारण सभा माघ २० गते हुने भएको छ ।

महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा आज सम्पन्न बैठकले माघ २० गते सधारण सभा गर्ने निर्णय गरेको हो ।

बैठकले साधारण सभाको लागि सभापति श्याम बन्जाराको संयोजकत्वमा तयारि समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

साधारण सभा महासंघको आफनै भवनमा बिहान ८ देखि हुने अध्यक्ष बन्जाराले जानकारी दिनुभयो । बैठ्कले सबै पुर्व सभापतिहरुलाइ अभिनन्दन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले दुई बर्षको गोपाल गिरि स्मृति पुरस्कार क्रमश गया यादब र कन्हैया लाल केशरीलाई दिने निर्णय गरेको छ ।

बैठकमा महासंघका उपाध्यक्ष अनुप तिवारी ,कोषाध्यक्ष भुषण यादव,सचिव युवराज खड्का ,सदस्यहरु जियालाल साह,सुष्मा शर्मा,निलिमा पौडेल,मनोज पटेल, आरके पटेल,सफल खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

error: Content is protected !!