वीरगंजमा नेपाली कांग्रेसको वडास्तरिय प्रदर्शन

बीरगंज । ओली सरकारले चालेको अंसवैधानिक कदम बिरुद्ध वीरगंजमा नेपाली कांग्रेसले वडा स्तरीय बिरोध प्रदर्शन गरेको छ ।

वीरगंज महानगरपालिका वडा न. ११,१२ र १३ ले निकालेको वडा स्तरीय संयुक्त विरोध र्याली वीरगंजको विभिन्न ठाउहरूको परिक्रमा गर्दै घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाली कांग्रेस वडा न. ११ का बूथ सभापति गोपाल रौनियार वडा न. १२का सभापति बिरेन्द्र महतो र वडा न. १३ का सभापति कबिर अंसारीले ओली सरकारको कदम अलोकतांत्रिक भएको भन्दै लोकतंत्रको रक्षाका लागी ओली सरकरको प्रतिगामी कदमको सबैले मिलेर विरोध गर्ने समय भएको बताएका थिए ।

बिरोध प्रदर्शनमा बीरगंज महानगरपालिकाकि उप-मेयर शान्ति कार्की,नेपाली कांग्रेस पर्साका नेता अरविन्द गुप्ता,नेपाली कांग्रेस पर्साका प्रवक्ता जितेन्द्र पुरूष ढकाल, महाधिवेशन प्रतिनिधि किरण सरकार,दिनेश पंत बिनय सिंह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन क्षेत्रिय सचिव मनोज महतोले गरेका थिए।

 

 

 

 

error: Content is protected !!