३ बिघा १५ कट्ठामा लगाइएको अवैध गाँजा खेति पर्सा प्रहरीद्वारा नष्ट

वीरगञ्ज । पर्सा जिल्लाको विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेति प्रहरीले नष्ट गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा ३ बिघा १५ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेति प्रहरीले नष्ट गरेको हो ।

प्रहरीले पर्साको पटेर्वासुगौली गाउपालिका र ठोरी गाउपालिकाको विभिन्न वडाहरुमा लुकाई छिपाइ लगाइएको ८७ हजार बोट गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लागु औषध नियन्त्रित कार्य योजना अनुरुप अवैध गाँजा खेती फडानी अभियान चलाएर ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ठोरीले सँयुक्त रुपमा गाँजा फडानी गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

 

 

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!