संसद बिघटनको बिरोधमा जसपा पर्साद्वारा पोखरियामा बिरोध प्रदर्शन

बीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा जनता समाजवादी पार्टीले संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्षद्वय रामनरेश यादब र जगदिश प्रसाद पटेलको सयुँक्त सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि विघठित संसदका पर्सा क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य हरी नारायण रौनियारले संसद विघटन पुर्ण रुपमा असंवैधानिक र गैर राजनितिक भएको बताउनुभएको छ ।

जसपाका केन्द्रिय सदस्य समेत रहनुभएका रौनियारले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नदिएको कानुनलाई प्रयोग गरी संसद विघटन गरेर देशलाई दुर्गतितर्फ धकेलेको टिप्पणी गर्नुभयो । जसपाले देशब्यापी रुपमा संसद पुर्नस्थापना हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरीरहेको उहाँको भनाई छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबले १ महिना भित्र प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ठाउँमा आउने धारणा राख्नुभयो ।

नेकपाको सरकार भ्रष्टाचारमा लिप्त रहेको र हरेक ठाउँमा आफ्ना आसेपासेलाई मात्रै राखेर संवैधानिक निकाय कब्जा गरी देशमा निरङ्कुशता लाद्ने योजना असफल पार्न जसपा सडकमा उत्रिएको यादबको भनाई छ ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रहलाद गिरी, रमेश पटेल, मञ्जुर अन्सारी, भिमा यादब, जसपाका नेताहरु सुरेन्द्र कुर्मी, शिव पटेल, शशिकपुर मिया, पुरुषोत्तम झा, नेजामोदिन समानी, रामचन्द्र पयिडत लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी १ सय भन्दा धेरैले जसपामा प्रवेश गरेका थिए ।

कार्यक्रममा जसपा पर्साका सचिब तबरेज अहमदले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । दोस्रो चरणको कार्यक्रम अन्र्तगत आज अन्तिम दिन विरोध प्रदर्शन गरिएको हो ।

थप विरोधका कार्यक्रम पार्टीको केन्द्रिय कमिटिले छिटै परिपत्र गर्ने पनि जसपा पर्साले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!