लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको जन्मोत्सवको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न

वीरगंज । लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४२ औं जन्मोत्सवको अवसरमा साताब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार वीरगंजमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

माट्रिका आई फाउण्डेशनको प्राविधिक सहयोग र वीरगंजका लायन्स क्लबहरुको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगंज टोला पोखरी नजिकको धर्मशालामा निःशुल्क आखा जाँच शिबिर सम्पन्न भएको छ ।

शिविरलाई सम्बोधन गर्दै संविधान सभाका सदस्य एवं प्रदेश सांसद ओमप्रकाश शर्माले वीरगंजका लायन्स क्लबहरुको संयुक्त पहलमा निःशुल्क आँखा शिविर आयोजना गरिएकोमा हृदयदेखि धन्यवाद दिँदै आगामी दिनहरुमा पनि लायन्स क्लबले यस्ता सामाजिक कार्यक्रमहरु निरन्तर रुपमा आयोजना गर्न सुझाव दिनु भएको थियो ।

शिविरमा १५४ जना आँखाका बिरामीहरुले प्रत्यक्ष लाभ लिएको लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका सचिव एवं कार्यक्रम संयोजक लायन धिरज गुप्ताले जानकारी दिनु भएको छ ।

शिबिरमा १५४ जनाको आँखा परिक्षण गरिएकोमा ३९ जना महिला र २५ जना पुरुषमा मोतियाबिन्द देखिएको लायन धिरज गुप्ताले बताउनु भयो । मोतियाबिन्द देखिएका ६३ जनाको माट्रिका आई फाउण्डेशनद्वारा निःशुल्क अपरेशन हुने फाउण्डेशनका डा.महेश सिंह धामीले बताउनु भयो ।

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका सचिव लायन धिरज गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवंम प्रदेश सभा सांसद माननिय ओम प्रकाश शर्मा रहनु भएको थियो ।

त्यसैगरि विशिष्ट अतिथिमा लायन्स क्लबका डिष्ट्रिक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगंज गेटवेका अध्यक्ष लायन बिवेक बेरिवाल, लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका प्रथम उपाध्यक्ष लायन किरण अग्रवाल स्थानिय हरिशचंद्र यादव, सुरेंद्र यादव, पराग सिंह तथा अरुण कुमार पूरी रहेका थिए ।

कार्यक्रमको सहजीकरण संदीप पूरीले गर्नु भएको थियो ।

error: Content is protected !!