ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जको अध्यक्षमा बालकृष्ण पोखरेल बिजयी

वीरगन्ज– ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जको अध्यक्षमा बालकृष्ण पोखरेल निर्विरोध बिजयी भएका छन् ।

चितवनको सौराहामा शनिबार सम्पन्न ७ औ जिल्ला अधिवेशनमा पोखरेलको प्यानलनै निर्विरोध निर्वाचित भएको हो ।

अर्को पक्ष्ँबाट उम्मेदवारी दर्ता नभएपछि पोखरेलको प्यानल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्को पक्षका केही सदस्यले निर्वाचन प्रक्रिया बहिष्कार गरेपनि पोखरेल प्यानलको पक्ष्ँमा दुई तिहाई भन्दा बढी बहुमत सदस्यको साथ रहेको थियो ।

अध्यक्ष्ँमा पोखरेलसंगै उपाध्यक्ष्ँमा प्रविण कुमार कर्ण, सचिवमा नवराज अधिकारी, सहसचिवमा राजेश पटेल, कोषाध्यक्षमा जिवेश मिश्रा र सदस्यमा सुशिल कलवार, श्रीकान्त सहनी, सरोज सिंह र महेश हमाल निर्विरोध बिजयी भएको निर्वाचन अधिकृत उज्जवल देवकोटाले जनाए ।

शनिबार अध्यक्षमा निर्वाचित पोखरेलको एशोसिएशनको नेतृत्वमा यो दोस्रो कार्यकाल हो ।

यसअघि शनिबार विहान ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालको प्रमुख आतिथ्यमा ७ औ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।

उद्घाटन सत्रमा महासंघका उपाध्यक्ष अच्युत राज खनाल, महासचिव अरुण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सौराहामै विहान ढुवानी व्यवसायी महासंघको बसेको बैठकले वीरगन्जको पाथीभारा ट्रान्सपोर्टका सञ्चालक राजेश मल्लिकलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!