वीरगञ्जबाट हराएका दुईजना बालक भारतको पटनामा भेटिए, वीरगञ्ज ल्याईदै

वीरगञ्ज,२६ पौष । शनिबार विहानदेखी हराईरहेका वीरगञ्जका दुईजना बालक भारतको राजधानी पटनामा फेला परेका छन ।

भारत विहारको राजधानी पटना स्थित रहेको जक्कनपुर पुलिस थानाले दुवैजना बालकहरुलाई थाना नजिकै रहेको मिठा बस अडडा बाट फेला पारेर आफनो नियन्त्रणमा राखेको पर्सा प्रहरी स्रोतले जनाएको छ ।

भारत विहार प्रहरीले बालकहरु संग गरेको सोधपुछको क्रममा उनिहरुलाई नशालुपदार्थ सुंघाएर वीरगञ्जबाट लयाएको बताएको पर्सा प्रहरी स्रोतले जनाएको छ ।

विहार प्रहरी संगको समन्यवमा आजै बालकहरुलाई वीरगञ्ज ल्याइने प्रहरी स्रोतले जनायो ।

वीरगञ्ज महानरपालीका वडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा हिजो विहानै देखी टयुशन पढ्न जाने बेला वेपत्ता भएका थिए ।

error: Content is protected !!