धोबिनी गापाको गुलरियामा गोप्यरूपमा शिक्षक भर्ना हुदै

बीरगन्ज । धोबिनी गाउपालिका अध्यक्ष र वडा अध्यक्षले मनोमानी गरि गोप्य रूपमै आफु नजिककालाई शिक्षकमा न्युक्ती गर्न लागेको खुलासा भएको छ ।

पालिकाको वडा नम्बर ३ गुलरिया स्थित श्री नेपाल राष्ट्रीय प्राथमिक विधालयमा सुचना लुकाएर आफ्नो आसेपासे संग रकमी चलखेल गरि भर्ना गर्न लागिएको स्थानियले आरोप लगाएका छन ।

शिक्षक भर्नाको लागि सोमवार परिक्षा लिने सुचना टास भएपछि गोप्य भर्ना बारे रहस्य खुलेको हो ।

गाउपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी र वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले प्रकृया मिचेर भएपनि हाकाहाकी आफनो मान्छेलाई न्युक्त गर्ने गरेको कुराकानीको अडियो समेत सार्वजनिक भएको छ ।

गांउपालिका अध्यक्ष र वडा अध्यक्षको मनोमानी रोक्न केहि युवाहरु शिक्षक भर्नामा के कस्ता विधी अपनाइएको छ, सो विषयमा सुचनाको हक प्रयोग गरि विधालयमा निवेदन दिएर सुचना मांग गरेको स्थानिय हरिशंकर प्रसाद कुर्मीले जानकारी दिए ।

कुर्मीले सुचना मांग गरेको निवेदन विधालयका प्रधानाध्यापक कपिलदेव प्रसाद कुर्मीलाई दिएको एक साता वितेपनि प्रअले सुचना दिन अटेर गर्दै आएका छन ।

यस बारे प्रअ पटेल संग भेटेरै प्रत्यक्ष कुरा गर्दापनि उनले आफु कुनैपनि हालतमा सुचना नदिने बताए । पटेलले भने जहां गएर खोजनुछ खोजनुस म कुनैपनि हालतमा शिक्षक भर्ना प्रकृयाबारे केहिपनि बताउदिन ।

मंसिर २४ गते सुचना प्रकाशन गरिएको पत्रिकाको कटिंग हिजो परिक्षा आह्वान गरिएको सुचना संग फेला परेको छ ।

तर गाउपालिकाको कार्यालय तथा अन्य वडा कार्यालयहरू तथा पालिकाको वेभसाइटमा समेत उक्त सुचना प्रकाशन गरिएको पाइदैन ।

प्रअले विधालयमा सुचना टास भएको दाबी गरेपनि विधालयमा टास गरिएको भेटिएन । कुन पत्रिकामा कहिले सुचना प्रकाशन भएको हो सो बारे प्रअले केहि बताउन नमिल्ने स्थानियलाई ठारो जवाफ दिदै आएका छन ।

सोमबार परिक्षाको औपचारिकता मात्र पुरा गर्ने गाउपालिका अध्यक्ष र वडा अध्यक्षको तयारी छ ।

शिक्षक भर्ना सम्बंधी सार्वजनिक सुचना गाउपालिकाको वेभसाइटमा समेत नराखिनु पछाडीको उदेश्यले विधालय व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका वडा अध्यक्ष र पालिका अध्यक्षको नियतमा खोट रहेको प्रष्ट हुन्छ ।

error: Content is protected !!