ट्रकमा लोड रहेको १०५ किलो गाँजा सहित ७ जना पक्राउ

वीरगञ्ज,१९ पौष । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित बाट ट्रकमा लोड रहेको १ सय ५ किलो गाँजा सहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १९ बस्ने ट्रकका चालक वर्ष ३२ को लक्ष्मण सिटौला,वर्ष २४ को बिजय तामागं,वर्ष १८ को प्रभात तामागं, जिल्ला धादिगं बेनिघाट रोरागं गापा १ बस्ने वर्ष ३७ को निरज लामा, जिल्ला चितवन राप्ती नगरपालिका २ बस्ने वर्ष ५० को रानुलाल तामागं, जिल्ला मकवानपुर कलैश गापा १० बस्ने वर्ष २६ को रामलाल गोले र जिल्ला पर्सा सखुवापर्सौनी गापा ३ बस्ने वर्ष ५१ को सहिद मियाव आलम रहेका छन ।

विषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो वीरगञ्जबाट खटिएको प्रहरी टोलीले ना ६ ख ६५२५ नम्बरको ट्रकमा लोड रहेको १०५ किलो गाँजा सहित ट्रकमा सवार ७ जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

वीरगञ्ज २१ स्थित लालपर्सा गाँउमा जाने बाटो सडक किनारमा रोकी राखेको ट्रकलाई चेकजाच गर्दा ट्रक भित्र लुकाई राखेको अवस्थामा ७ वटा पोकामा १ सय ५ किलो गाँजा बरामद भएपछि ट्रकमा सवार सातैजनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका सातैजना उपर लागुऔषध कसुरमा मुद्धा दर्ता गरी थप कार्यवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!