जनता समाजवादी पार्टी पर्साले गर्यो जनप्रतिनिधिसंग अन्तरक्रिया

वीरगञ्ज,१९ पौष । जनता समाजबादी पार्टी पर्साले आफनो पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुसंग आज वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ ।

जसपा पर्साले वीरगञ्जको रानीघाट स्थित श्रीराम जानकी मन्दिर परिसरमा पार्टीबाट निर्बाचित भएका पर्सा जिल्लाका जनप्रतिनधीहरु संग अन्र्तक्रिया गरेको हो ।

कार्यक्रममा जसपाबाट निर्बाचित स्थानीय तहका वडा सदस्य देखि प्रमुखसम्मको उपस्थिती रहेको थियो ।

जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी वीरगञ्ज महानगरपालिकाका मेयर एवम जसपा केन्द्रिय परिषद सदस्य बिजय सरावगी, पकहा मैनपुर गाउँपालिकाका प्रमुख बिजय चौरसिया, बिन्दबासिनी गाउँपालिकाका प्रमुख श्री लाल साह, सखुवा प्रसौनीका प्रमुख प्रदिप जैसवाल,उपप्रमुख फुलमती देबी थरुनी,पोखरिया नगरपालिकाकी उपप्रमुख सल्मा खातुन, जगरनाथपुर गाउपालिकाकी उपप्रमुख बिस्मिल्लाह खातुन लगायत जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सँसद बिघटनको बिरोधमा अगामी २७ गते वीरगञ्जमा हुने जनप्रदर्शन लगायत पार्टीका निती कार्यक्रमको बारेमा बृहत समन्वयको समबन्धमा उपस्थित जनप्रतिनिधीहरुलाई प्रदेश साँसद एवम जसपाका केन्द्रिय सदस्य प्रहलाह गिरीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष रामनरेश यादवले सबै जनालाई एकबद्ध भई अगामी २७ गतेको आन्दोलनको लागि तयार रहन निर्देशन दिएको जिल्ला सचिव तबरेज अहम्दले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण जसपाका अर्का सचिव राजेश साहले गरेका थिए भने, कार्यक्रमका् बिषय बस्तुको बारेमा सचिव तबरेज अहम्दले प्रष्ट पारेका थिए ।

error: Content is protected !!