भन्सार छलीका ६ लाखको समान बरामद

वीरगञ्ज, १५ पौष । अवैध रुपमा भन्सार छली भित्रयाइएको ६ लाख मुल्य बराबरको भन्सार छलीका समानहरु सशस्त्र प्रहरीले बरामद गरेको छ ।

खुला सिमाको फाईदा उठाएर तस्कर समुहले भित्रयाएको ६ लाख मुल्यका भन्सार छलीका समानहरु सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले बरामद गरेको हो ।

बरामद समानहरुमा विभिन्न ब्रान्डका लत्ता कपडा, प्याज,लसुन र एउटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण  पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापाले बताए ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ बसपार्क र वडा नम्बर १४ गण्डक स्थित चोकबाट भन्सार छली गरेर अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त समानहरु बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

बरामद गरिएको सामानहरुलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीले बताए ।

सशस्त्र प्रहरीले सिमानाकामा कडाइृ गरे संगै अवैध रुपमा भन्सार चोरी पैठारी गरी भित्रयाइएको माल समानहरु धमाधम पक्राउ पर्न थालेका छन ।

error: Content is protected !!