प्रतिनिधिसभा कुनै हालतमा पुनर्स्थापना हुदैन : अर्थमन्त्री पौडेल

वीरगञ्ज, १५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड-नेपाल समूहलाई मिलेर निर्वाचनमा सहभागी हुन् आग्रह गरेका छन् ।

प्रदेश नम्बर २ को वीरगञ्ज महानगरपालिकास्थति टाउन हलमा नेकपाको ओली समूहद्वारा आयोजित प्रदेश स्तरीय भेललाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रचण्ड-नेपाल समूहलाई आफ्ना गल्तिहरु स्वीकारेर पार्टीमा फिर्ता आउँन आग्रह गरेका हुन् ।

आफ्नो गल्तीहरु स्वीकारेर आउँनुहोस हामी मिलेर निर्वाचनमा जान सक्छौँ, मन्त्री पौडेलले भने, पार्टीलाई शसक्त बनाएर नयाँ जनादेश ल्याउँन हामी सक्छौँ । तपाईहरुसँग अहिलेपनि समय छ ।

मन्त्री पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना अधिकार सर्वाच्च अदालतसँग रहेकोले विघटन विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहलगायत अन्य पार्टीहरुले गरिरहेको आन्दोलन र विरोध प्रदर्शनको कुनै फाइदा नहुने बताए ।

पुनर्स्थापनाको अधिकार सम्मनिनिया सर्वोच्च अदालतसँग छ । सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने र नगर्ने निर्णय गर्ने हो । हामी तपाईं सडकमा गएर, कराएर केहि हुँदैन, मन्त्री पौडेलले भने, त्यसैले म सबैलाई आगामी बैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न आग्रह गर्न चाहन्छु ।

उनले प्रतिनिधिसभा कुनै हालतमा पनि पुनर्स्थापना नहुने दावी समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संवैधानिक अधिकारलाई प्रयोग गरेर प्रतिनिधिसभा विघटन विरुद्ध गरेका हुन् । पुनर्स्थापना हुने कुनै सम्भावना छैन, पौडेलले भने ।

भेलालाई शहरी विकासमन्त्री प्रभु साह, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, सत्यनरायण मण्डल लगायतका नेताले सम्बोधन गरेका थिए ।

error: Content is protected !!