सशस्त्र प्रहरीको सक्रियता : अवैध डिजेल तथा कुखुरा बरामद

वीरगञ्ज, १३ पौष । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले खुला सिमाका कारण हुने अवैध भन्सार छली नियन्त्रणमा कडाई गरे संगै अवैध रुपमा भित्रयाइएको माल समान धमाधम पक्राउ पर्न थालेका छन ।

पर्सा संग सटेको भारत संगको खुला सिमाका कारण हुने भन्सार चोरी पैठारीमा सशस्त्र प्रहरीले कडाई गर्न थालेपछि अवैध रुपमा चोरी तस्करी गरि भित्रयाइएको विभिन्न माल समानहरु पक्राउ पर्न थालेको हो ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालीका वडा नम्बर १६ ईनर्वा बाट अवैध रुपमा भित्रयाइएको कुखुरा बरामद गरेको छ ।

सिमावर्ती भारतीय शहर रक्शौलबाट खरिद गरी नेपाल तर्फ भित्रयाउन खोजिएको ४० वटा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जानकारी दिए ।

बरामद गरिएको कुखुरा पशु क्वारेन्टाईन, सञ्चारकर्मी तथा स्थानीयको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक जिवन मल्लले जानकारी दिए ।

यसैगरी अवैध रुपमा चोरी तस्करी गरी नेपाल बाट भारत तर्फ लगिरहेको डिजेल सशस्त्र प्रहरी बल बिओपी भिखमपुरले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक किशमान तामागंको कमाण्डमा रहेको टोलीले पर्साको धोबिनि गाउपालीका वडा नम्बर १ पिपरा बाट २ वटा भारतीय मोटरसाईकलमा लोड रहेको ४ वटा गिलेन सहितको डिजेल बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जानकारी दिए ।

बरामद गरिएको डिजेल २ लाख मुल्य बराबरको रहेको र थप आवश्यक कार्यवाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरिक्षक जिवन मल्लले जानकारी दिए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!