सशस्त्र प्रहरीद्वारा अवैध कुखुराको चल्ला बरामद, अवैध चोरी पैठारी रोक्न् एसपीको निर्देशन

वीरगञ्ज, १२ पौष । भारत बाट नेपाल तर्फ भित्रयाइएको अवैध कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल बिओपी अलौले बरामद गरी नष्ट गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ कोनिया बाट भारत भएर नेपाल तर्फ भित्रयाईएको ६ हजार गोटा ब्रोईलर कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी अलौ बाट सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीको कमाण्डमा रहेको टोलीले कोनिया बाट २ वटा भारतीय मोटरसाईकलमा नेपाल प्रवेश गर्दै गरेको अवैध कुखुराको चल्ला बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीले जानकारी दिनु भयो ।

बरामद गरिएको कुखुराको चल्ला पशु क्वारेन्टाईन, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा नष्ट गरिएको थियो । चल्ला सहित बरामद गरिएको मोटरसाईकललाई थप आवश्यक कार्यवाहीको लागी वीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी भिखमपुरले भारत बाट नेपाल तर्फ अवैध रुपमा भित्रयाइएको किराना समानहरु सहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

भिखमपुर स्थित डिउटीमा खटिएको टोलीले भारत बाट आउदै गरेको मोटरसाईकललाई चेकजाच गर्ने क्रममा भन्सार चोरी पैठारी गरि ल्याइएको किराना समानहरु सहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक किशमान तामागंले जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी जगरनाथपुर पिडारीगुठी तथा बिओपी महादेवपटीले अवैध रुपमा नदि जन्य पदार्थ बालुवा उत्खनन् गरिरहेको अवस्थामा दुईवटा भारतीय नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा बालुवा बोकेर भारत तर्फ चोरी निकासी गरिरहेको अवस्थामा २ वटा भारतीय नम्बरको ट्रयाक्टरलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जानकारी दिए ।

पर्सामा खुला सिमाका कारण हुने अवैध भन्सार चोरी पैठारी नियन्त्रण गर्न सिमा क्षेत्रमा रहेका बिओपीहरुलाई कडा निर्देशन दिएको सशस्त्र प्रहरी उपरिक्षक खडकाले बताए ।

error: Content is protected !!