वीरगंजमा जसपाको प्रदर्शन, संसद विघटन असंवैधानिक कदम

वीरगंज । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी पर्साले वीरगंजमा प्रदर्शन गरेको छ।

पर्साको सदरमुकाम वीरगन्जमा जसपाले बृहत प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक र अलोकतान्त्रीक कदम खारेज गर, वीर सहिद अमर रहुन्, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रीक गणतन्त्र जिन्दावाद, जसपा नेपाल जिन्दावादलगायतका नारा लगाएका थिए।

संसद विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रीक र असंवैधानिक कदम भएको प्रदर्शनमा सहभागी नेताहरूले बताएका थिए।

जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव र जगदीश पटेलको संयुक्त आयोजनामा घन्टाघरबाट विरोध र्‍याली सुरु भई नगर परिक्रम गदै पुन: घन्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शन कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदिप यादव, हरिनारयण रौनियार, प्रदेश सांसद रमेश कुर्मी, करिमा बेग्म, जन्नत अन्सारी, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला समन्वय समितिका पर्साका प्रमुख नेकमहमद अन्सारी, नेता शिव पटेल, राजेशमान सिंह, नेजामुदिन सम्मानीलगायत नेता तथा कायकर्ताको सहभागिता रहेको थियो।

 

error: Content is protected !!