रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगतको आभाव, रक्तदानका कार्यक्रम गर्न आग्रह

वीरगञ्ज,५ पौष । रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगतको आभाव हुनसक्ने सङ्केत गर्दै केन्द्रले रक्तदाताहरुलाई रक्तदान गर्न आग्रह गरेको छ ।

रक्त सञ्चार केन्द्रमा अहिलेको लागि बढीमा तिन दिनसम्म पुग्ने रगत मात्र रहेकोले रगत आभाव हुनसक्ने केन्द्रले सङ्केत गरेको हो ।

केन्द्रका प्राविधिक प्रमुख शौरभराज पाण्डेका अनुसार गत मंसिर २८ गते पश्चात वीरगञ्जलगायत आसपासका क्षेत्रहरुमा रक्तदान कार्यक्रम आयोजना नभएकोले रगतको आभाव सृजना भएको छ ।

अचानक बढेको चिसोको कारण रक्तदानका कार्यक्रमहरु रोकिएपनि दैनिक ३० देखि ४० युनिटसम्म रगतको खपत रहेकोले रगत अभाव भएको केन्द्रका प्रमुख उदयराज शर्माले बताए ।

शर्माले स्थानीय संघ संस्थाहरुलाई रक्तदान कार्यक्रमको आयोजना गरेर रगत सङ्कलनमा सहयोग पुर्याउन आग्रह समेत गरे ।

error: Content is protected !!