पटेर्वा सुगौलीमा मानवीय सहायता मापदण्ड समबन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगञ्ज २ पुष । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एक दिने आधारभुत मानवीय सहायता मापदण्ड सम्बन्धित अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ ।

पटेर्वा सुगौली गाउँपालिकाको आयोजना तथा एक्सन एड नेपाल र दिब्य युवा कल्ब पर्साको सहकार्यमा कार्यक्रम सम्मपन्न भएको पटेर्वा सुगौली गाउँपालिकालको कार्यालयले जनाएको छ ।

कार्यक्रमका सहभागीहरुलाई विपद् व्य्वास्ठापन प्रदेश नं. २ का प्रदेश सदस्य राम कुमार दहालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा राहत वितरण, विभिन्न विवरण छनौट तथा वितरणको निमावली बारे प्रशिक्षण दिइएको थियो ।

पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादव, दिब्य युवा कल्बका रामाकान्त पटेल, वडा अध्यक्षहरु फरमान मियाँ, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतिलाल साहलगायतको उपस्थिती रहेको थियो ।

error: Content is protected !!