विपन्न परिवारका छाेरीकाे विवाहका लागि ग्लाेबल आईएमई बैंकको आर्थिक सहयोेग

बीरगन्ज । अर्थ अभावमा छोरीको विवाह गराउन अप्ठेरोमा परेका विपन्न परिवारलाई ग्लोबल आइएमई बैंक घडिअर्वा शाखाले आर्थिक सहयोग गरेको छ ।

नेपाल बाल संगठन पर्साले आर्थिक अभावमा विवाहको उमेर पुगेका युवतीको विवाह नरोकियोस भनेर सहयोग संकलनको पहल गरिरहदा ग्लोबल बैंक घडिअर्वा शाखाले सहयोग गरेको हो ।

विशेष गरेर विपन्न परिवारका पनि फरक सक्षम क्षमता भएका युवतीको विवाहका लागि आफूहरुले सहयोग गर्ने अभियान चलाएको संगठन पर्सा संयोजक राम किशोर सिंह परागले जानकारी दिए ।

संगठनले अभियान अन्तर्गत पहिलो पटक वीरगंज वडा नं २० अपौनी घर भएका दुई परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको उनले बताए ।

हरपतगंजकी फरक सक्षम क्षमताकी अजिजि सहिना खातुनको र चंदा खानको विवाहका लागि बैंकले २१००० सहयोग गरेको छ ।

बैंकका शाखा प्रमुख संतोष साहले सामाजिक कार्यका लागि ग्लोबल आईएमई बैंक परिवार तयार रहेको र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सधैं अग्रसर रहने प्रतिवद्धता व्यक्त गरे ।

आर्थिक रुपमा कमजोर तथा फरक क्षमता भएका युवतीको विवाह पैसाकै कारण नरोकियोस भनेर आफूहरुले सहयोगको अभियान चलाएको संगठनका सदस्य हेमन्त तामाङले बताए ।

विपन्न तथा फरक क्षमता भएकाहरुका लागि समाजका हेरक सक्षम व्यक्तिले सोच्न सके मात्र समाज रुपान्तरण हुने संयोजक सिंह बताउछन् ।

सहयोग प्रदान गर्न संगठनका संयोजक सिंह सहित सदस्यद्वय तामाङ, राजाबाबु रौनियार लगायत युवतीको घरैमा पुगेका थिए ।

 

 

error: Content is protected !!