नेपाल रेडक्रस सोसाइटी र कोका कोला नेपालद्वारा भेन्टिलेटर र सुरक्षा सामाग्री वितरण

बीरगंज, २३ मंसीर । कोभिट -१९ को महामारीमा अग्रपन्त्तीमा खटिने स्वास्थ्यकर्मी , बिरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्दिको लागि नारायणी अस्पताल बिरगंज पर्सा , रक्त सञ्चार केन्द्र र स्वयंसेवकहरुलाई सुरक्षा सामाग्री तथा उपकरण एक कार्यक्रम बीच नेपाल रेडक्रस सोसाइटी र कोकाकोला नेपालको संयुक्त आयोजनामा हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण सामाग्री रु. १६ लाख ३२ हजार ८ सय ५० मुल्यको आईसियुमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडि सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक , केएन ९५ मास्क २०० थान र ५० थान सुरक्षा चस्मा रहेको छ । सबै सामाग्रीको मुल्य जम्मा रु. १८ लाख ५८ हजार १ सय रहेको छ ।

आज नारायणी अस्पतालमा एक कार्यक्रम बीच नेपाल रेडक्रस सोसाइटी र कोकाकोला नेपालबाट उपलब्ध गराईएको सामाग्री प्रदेश न.२ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री माननीय उषा यादवलाई केन्द्रिय उपाध्यक्ष शर्मिला कार्कीले हस्तान्तरण गर्नु भएको थियो भने मन्त्री यादबले सो सामाग्री नारायणी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई हस्तान्तरण गर्नु भएको थियो ।

सो हस्तान्तरण कार्यक्रममा कोका कोलाको प्रतिनिधि देव गुरुङ , बीरगंज महानगर पालिकाका नगर प्रमुख बिजय सरावगी , पुर्व मन्त्री करिमा बेगम , जसपाका केन्द्रिय सदस्य मुन्नी श्रीवास्तव , जसपा पर्साका अध्यक्ष रामनरेन्द्र यादव , सचिव तबरेज आलम , नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्जय ठाकुर , नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य अशोक श्रेष्ठ , नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का , सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी पर्साका सभापाती बिरेन्द्रराज कडेलको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश न.२ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री माननीय उषा यादव रहनु भएको थियो भने स्वागत मन्तव्य पर्साका उपसभापति मधु राणाले गर्नु भएको थियो ।

error: Content is protected !!