रौतहट बमकाण्डका आरोपित अफताबका भाई महताब पक्राउ

वीरगञ्ज,२२ मंगसीर। रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताब आलम पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले महताब आलमलाई रौतहट जिल्ला बौधिमाई नगरपालिका वडा नम्बर ७ बडकी बंकुल एरीया बाट पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

२७ चैत ०६४ मा चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

अफताब आलम गत वर्ष २६ असोजमा पक्राउ परेका थिए । तत्कालीन एसपी भुपेन्द्र खत्रीले उनलाई राजपुर फरहदवास्थित निजी निवासबाट पक्राउ गर्न सफल भएका थिए ।

आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

error: Content is protected !!