सांसद प्रदीप यादव द्वारा ढलान सड़कको शिलान्यास

बीरगञ्ज १९, मंसिर । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले वीरगंज महानगरको राधेमाईमा  साढे ३ सय मिटर को ढलान सडकको शुक्रबार शिलन्यास गरेका छन् ।

राधेमाइ वडा नंम्बर १३ आत्मज्ञान प्रचार संघको उतरी ढोका  दक्षिण ढोका सम्म ढलान सडक निर्माण हुन लागेको हो ।

कच्चि सडकमा पानि पर्दा हिलो तथा अन्य मौषममा धुलोले आजित सो टोलवासीले अब ढलान सडक पाउँदा अहिले खुशी भएका छन् ।

प्रदेश सांसद करिबा बेगम को विशेष पहलमा  भौतिक पुर्वाधार बिकाश मन्त्रालयको २५ लाखको बजेटमा निर्माण हुन लागेको ढलान सडकको सांसद यादवे सिलान्यास  गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि संसाद यादवले भौतिक बिकाशमा पिछिडिएको प्रदेश २ पछिल्लो दिनमा आएर सडक तथा बिकाशको काममा फड्को मारेको बताए ।

उनले महानगरमा सडक तथा नालाको समस्याले नगरवासीलाइ निक्कै नै कठिनाइको सामना गर्नुपरेकोले अब चाडै नै यस्ता समस्याको समाधान हुने बताए ।

उनले यस प्रति वीरगंज महानगरपालीका तथा संबन्धित निकायले समय मै ध्यान दिएर बर्षायाम अगावै सडक तथा नालाको निर्माणको काममा बिशेष जोड दिन सबैमा अनुरोध गरे ।

कार्यक्रममा विशेष उपस्थिती रहेको प्रदेश सांसद जन्नत अंसारी तथा प्रदेश सांसद करिमा बेगमले सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै विकास निर्माणको कार्यमा सबै एकजुट हुनेपर्ने बताए ।

error: Content is protected !!