अवैध लागूऔषध अफिमसहित बारामा दुई जना पक्राउ

वीरगञ्ज १४ मंसिर । बारामा अवैध लागूऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१६ बस्ने दुर्गाबहादुर मोक्तान र रवी बहादुर सिंजाली मगर रहेका छन ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले कोल्हबी नगरपालिका–६ प्रसौना बजारस्थित चोकबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय वीरगञ्जबाट प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनी सहितकोे टोली र इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको संयुक्त प्रहरी टोलीले नम्बर नखुलेको मोटरसाइकलमा आएका उनीहरुको शरीर चेक जाँच गर्ने क्रममा लुकाएर ल्याएको २ किलो ७ सय ग्राम अवैध लागूऔषध अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बारा जिल्ला अदालतबाट उनीहरुविरुद्ध लागूऔषध मुद्दामा ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

error: Content is protected !!