धोरे नाका भएर ट्रयाक्टर बाटै केराउको तस्करी ! ट्रयाक्टर पल्टिएर खुल्यो रहस्य

वीरगञ्ज, ०७ मंगसीर । पर्साको धोरे नाका भएर ट्रयाक्टर बाटै भारत तर्फ केराउ मटरको तस्करी भइरहेको रहस्य खुलेको छ । केराउ मटर लोड भएको टयाक्टर अनियन्त्रीत भएर पल्टिएपछि ठुलो संख्यामा भइरहेको केराउ मटरको तस्करीको रहस्य खुलेको हो ।

घटना विवरण अनुसार गएको शुक्रवार तराई बासीहरुको महान पर्व छठको तेस्रो दिन अर्थात सझिया घाट कै राती करिब ७ बजेको समयमा धोरे स्थित स्वास्थ्य चौकी अगाडी अनियन्त्रीत भई केराउ मटरले भरिएको टयाक्टर पल्टियो ।

प्रहरीको आखाँ छल्न् पोखरियाबाट लोड गरिएको केराउ मटर धोरे नपुग्दै लहावरथकरीमा केराउ मटरको माथीबाट धान लोड गरिएको थियो ।

बाटो मै ट्रयाक्टर पल्टिएको कारण प्रहरी चौकी धोरे. र शसस्त्र प्रहरी विओपी पकाहाको प्रहरी टोली घटना स्थलमा पुगेपनि ट्रयाक्टरमा लोड रहेको ठुलो संख्यामा रहेको केराउ मटर बारे सोध खोज गर्नुको साटो त्यसलाई सुरक्षित गन्तव्य तर्फ पुर्याउनमा सहयोगी भुमिका निभाएको हाम्रो स्रोतले जनायो ।

टयाक्टर पल्टिएको ठाउमा प्रहरी चौकी धोरे बाट प्रहरी सहायक निरीक्षक नवलकिशोर यादव र शसस्त्र प्रहरी विओपी पकाहाबाट शसस्त्र प्रहरी निरीक्षक अमृत केसी पुगेपनि मटर व्यापारीहरु संगको साठगाठको कारण भारत तर्फ तस्करीका लागी गइरहेको केराउ मटर नियन्त्रणमा लिनुको साटो सुरक्षित रुपमा गन्तव्य तर्फ पठाएको घटना स्थलमा उपस्थित स्थानीयले बताए ।

स्थानीयका अनुसार धोरे नाका भएर अहिले केराउ मटरको तस्करी तिब्र रुपमा बढेको बताउछन । स्थानीय केही व्यक्तीहरुले वीरगञ्जबाट मटर खरिद गरी सोझै पोखरिया लग्ने र गाउको भित्रको बाटो प्रयोग गरेर धोरे नाका हुदै भारत तर्फ तस्करी गरिरहेका छन ।

वीरगञ्जबाट खरिद गरीएको केराउ मटर सोझै धोरे लग्दा तस्करीको आशंका हुने भएकोले भित्री गाउको बाटो भएर मटर लोड भएको टयाक्टर माथी धानको बोरा राखेर निर्वाध तस्करी धन्धा चलाएको हाम्रो स्रोतले जनायो ।

मटर व्यापारीहरुले प्रहरी चौकी धोरे र शसस्त्र प्रहरी विओपी पकाहालाई आर्थिक नजराना बुझाएर केराउ मटरको तस्करी धन्धा निर्वाध रुपमा चलाएको हाम्रो स्रोतले जनायो ।

यसलाई नियन्त्रण गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

error: Content is protected !!