तराईमा छठ पर्वको त्यारी तिब्र

वीरगञ्ज,०३ मंगसीर । तिहार सकिए लगतै तराईबासीको महान चाड पर्वको रुपमा रहेको छठ पर्वको त्यारीमा तराइ बासिलाइ भ्याइ नभ्याइ छ । असिम आस्था र सबै कामना पुराहुने विश्वासको रुपमा तराइमा प्रसिद्ध रहेको छठ पर्वको तैयारीमा सवै तराइ वासीलागेका छन् ।

बर्तालुहरुलाइ छठको बिधिबिधान पुरागर्नमा व्यस्तता बढाएको छ भने पर्वगर्ने स्थल नदी र तलाउलाइ सिगार्न पुरुषहरुलाइ व्यस्तता बढाएको छ । तराइको घर घर ,टोल टोलमा छठ पर्वको गीतहरु गुजींरहेका छन ।

अहिले जता ततै छठ पर्वको रौनक देख्न सकिन्छ । छठ पर्वको धार्मिक आस्था सगै पर्वको मुख्य प्रसादको रुपमा रहेको ठेकुवा खानुले छालाको सवैरोग नीको हुनेगरेको बैज्ञानिक मान्यता पनि रहेको छ ।

सन्तानको दिर्घायु को रुपमा मनाइने छठ पर्व गर्दा छालाको रोगपनि निको हुने गरेको मान्यता रहेको छ । छठ पर्व मुख्यरुपमा सुर्यको व्रत भएपनि यो व्रतमा सवै कामना पुराहुनुको साथै पुजाविधिमा कुनै गलती भए त्यसको तुरुन्त असर हुनेगरेको छ ।

दशैलगतै तिहार र त्यसपछि छठपर्वले सबैलाइ खर्चको जोहोमा व्यस्तता बढाएको छ । छठपर्वको लागी वीरगन्जको नदी तलाउहरुलाइ सिगांर्नेमा सबै लागेका छन् ।

वीरगन्जको घडीअर्वा , रानीघाट ,छपकैया र नगवा तथा मुर्लीमा रहेका नदी र तलाउहरुलाइ सफागरेर बीजुलीले सजाउन भ्याइ नभ्याइ छ ।

पारिवारिको सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । तराइको असिम आस्थाको रुपमा रहेको छठ पर्वले सवै बर्तालु तथा भक्तजनहरुको सबै मनोकामना पुरा होस ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!