छठ पर्वको उपल्क्षयमा जसपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

वीरगञ्ज,०३ मंगसीर । छठ पर्वको शुभ उपल्क्षयमा जनता समाजवादी पार्टीले पोखरियामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

जनता समाजवादी पार्टी पोखरिया नगरपालीकाको आयोजनामा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले पोखरियालाई सेटेलाईट शहरको रुपमा विकाश गर्न लागिपरेको बताउनु भयो ।

आफनो गृह जिल्ला समेत रहेको पर्साको विकाश गर्ने आफनो इच्छा भएपनि संघिय सरकारको असहयोगको कारण केही गर्न नसकिएको बताए ।

पोखरिया अस्पतालको व्यवस्थापन गर्न प्रदेश सरकार सदैव तत्पर रहेको बताउनु हुदै मुख्यमन्त्री राउतले अस्पतालको कर्मचारी देखी हरेक आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पोखरिया नगरपालीकाको उप प्रमुख सलमा खातुनको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सांसद प्रह्लाद गिरी, मञ्जुर अंसारी, पोखरिया नगरपालीकाका मेयर दिपनारायण रौनियार, पकाहामैनपुर गापा प्रमुख बिजय चौरसिया, जसपा नेता नेजामुदिन सम्मानी, शिव पटेल, जसपा पर्सा अध्यक्ष रामनरेश यादव, वडा अध्यक्ष लक्ष्मण साह कानु, जसपा जिल्ला सचिव तबरेज अहमद, युएन डिपीको प्रतिनीधी बिपुल झा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा युएन डिपीको सहयोगमा पोखरिया अस्पतालमा ३७ लाख बराबरको भेन्टिलेटर १ थान र अक्सिजन कन्स्लटेटर १ थान हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्वागत नगर अध्यक्ष राजु साह तथा सञ्चालन उमेश पटेलले गरेका थिए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!