प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । प्रदेश नंं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

केहि दिनअघि स्वाब दिएका डीआईजी सिंहको पीसीआर परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि भएलगत्तै स्वास्थ्यमा समस्या आएपछि सिंहलाई मंगलबार थप उपचारका लागि जनकपुरबाट काठमाडौँको प्रहरी अस्पताल ल्याइएको छ ।

सिंहको पारिवारिक स्रोतका अनुसार डीआईजी सिंहको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!