प्रदेश २ संग जोडिएको भारतिय सिमामा सशस्त्र प्रहरीको बीओपी थपिदै

बीरगन्ज,२४ कार्तिक। भारत संग जोडिएको सिमा सुरक्षाको लागि प्रदेश २ मा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट स्थापनामा तिब्रता दिएको छ ।

सिमा अपराध नियंत्रणका साथै सिमा र सिमा स्तम्भको संरक्षणको लागि देशभरि नै सशस्त्र प्रहरी बलको ५ सय बीओपी थपिन लागेको हो ।

प्रदेश २ मा प्रस्तावित बीओपी थपिने क्रमले गति पाएको छ । पर्सामा एकै दिन थप तिन वटा बीओपी स्थापना गरिएको छ । ठोरी गाउँपालिकाकाको ब्रम्हनगर, जिराभवानी गाउँपालिकाको महादेवपटी र छिपहरमाईको गाउपालिकाको मिर्जापुरमा बीओपी स्थापना गरिएको छ ।

तीन वटै बीओपीको सशस्त्र प्रहरी बल , प्रदेश २ का प्रमुख डीआइजी कृष्णभक्त ब्रम्हाचार्य, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र सम्बन्धित गाउपालिकाका अध्यक्षले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बीओपी स्थापना लाई सिमाक्षेत्रका वासिन्दाले सकारात्मरुपमा लिएका छन । बाढी , आगलगी र कोरोना महामारी जस्ता प्रकोपमा सशस्त्र प्रहरीको भुमिकाको प्रसंसा गर्दै स्थानियले सिमाको सुक्षाका साथै राहत र उद्धारमापनि बिओपीबाट सहयोग हुने अपेक्षा लिएको छिपहरमाई गाउपालिकाका सुभाष साहले बताउनु भयो ।

३ वटा बिओपी थपिए संगै भारत संग १०७ किलो मिटर सिमा जोडिएको पर्सामा बीओपीको संख्या १३ पुगेको छ । सिमामा प्रत्येक ५ देखी ६ किलोमिटरमा एउटा बीओपी स्थापना गर्ने लक्ष्य अनुरुप प्रदेश २ मा सशस्त्र प्रहरीले पहिलो चरणमा थप ५० वटा विओपी स्थापना गरेको छ ।

छिपहरमाइको मिर्जापुरमा बीओपी स्थापनाका लागि स्वीकृत भएकोमा स्थान अभावका कारण सम्भौतामा अस्थायी रुपमा पोष्ट स्थापना गरिएको छ । पाँच वटा बीओपी थप्ने स्वीकृति मिलेकोमा जग्गा र भवनको अभावका कारण तीन वटा मात्रै स्थापना भएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए ।

बीओपी थपिएपछि नेपाल भारत सिमामा पिलर हराउने , नेपाली भूमी मिचिने कार्य रोक्न सिमावर्ती नागरिक आशावादी देखिएका छन ।

सशस्त्र प्रहरीले सिमा अपराध रोक्न बीओपी थपिन लागेको दाबी गरेपनि सिमाको नियमनका लागि आउदा दिनमा इमानदारी भुमिका आवश्यक छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!