महिला भरियाहरुबाट बरामद १६ वटा मोबाईलको भित्रि रहस्य….

वीरगंज, २२ कार्तिक । तस्करबाट बरामद मोबाइल मध्ये केहि मोबाइल जिल्ला प्रहरी कार्यालय पर्सा बाटै गायब भएको समाचारले हिजो देखी चर्चा पाएको छ ।

तर यस्को भित्री पाटो फरक रहेको छ । महिला भरिया तस्कर समुहबाट विहिवार साझ ५ बजे नगवा स्थित बाबा होटल नजिकै बाट १६ वटा मोबाइल बरामद भएकै हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको सादा पोषकको टोलीले सबै मोबाईल बरामद गरेको र ९ वटा मोबाईल मात्र सार्वजनिक गरेको कुरा चर्चामा छ ।

तर महिला भरियाबाट नेपाल प्रहरीले मात्र नभई सशस्त्र प्रहरीले पनि मोबाईल बरामद गरेको खुलेको छ ।

बाकीको ७ वटा मोबाईल सशस्त्र प्रहरीको जिल्ला प्रशासन कार्यालय बेसको टोलीले बरामद गरेको खुलासा भएको छ ।

महिला भरियाहरुबाट ७ वटा मोबाईल सशस्त्र प्रहरीको घुमुवा तथा ९ वटा मोबाईल जिल्ला प्रहरी कार्यालय पर्साको घुमुवाहरुले बरामद गरेको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले १६ वटा मोबाइल बरामद गरि बाकीको ७ वठा मोबाईल गायब गरेको हल्ला भएपछि यस सन्दर्भमा आज बुझदै जादा ७ वटा मोबाईल सशस्त्र प्रहरीले बरामद गरेको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट मोबाइल गायब भएको हल्ला पछि प्रहरीले अनुसंधान गर्दै जादा सशस्त्र प्रहरीको सादा पोषकको टोलीले नेपाल प्रहरी भन्दा अगाडी नै ति महिला भरियाहरुबाट ७ वटा मोबाईल बरामद गरि लगेको स्थानियले बताए पछि यो रहस्य खुलेको हो ।

मोबाईल फेला परेको स्थानमा पहिला जिल्ला प्रशासन कार्यालय पर्सामा रहेको सशस्त्र प्रहरीको टोली पुगेर नजिकैको फर्निचर उद्योगमा महिला भरियाहरु संग बागर्नेनिङ्ग गरि १६ मध्ये ७ वटा मोबाईल लिएर आएको खुलासा भएको छ ।

सशस्त्र प्रहरीका वरिष्ठ हवलदार सिताराम तिमलसिना र हवलदार कमल अधिकारी सादा पोषकमा गई ७ वटा मोबाईल लिएर फर्केको बुझीएको छ ।

सशस्त्र प्रहरीले बरामद भएको मोबाईल बाट ४ वटा मात्रै भंसार बुझाएको छ । यो प्रकरण बारे आफुले गम्भीरता पुर्वक बुझदै गरेको र दोषी देखिनेलाई अविलम्ब कार्यवाही गरिने सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताउनु भयो ।

मोबाईल कति वटा बरामद भएको हो यस संन्दर्भमामा बुझने काम भइरहेको उहाले बताउनु भयो । तिन जना महिला भरियाहरुले सिमावर्ती रक्सौलबाट महंगा ब्रान्डका १६ वटा मोबाईल राजश्व छली बीरगन्ज भित्रियाएका थिए ।

error: Content is protected !!