खाने तेलको ग्यालीनमा लुकाएर ल्याइएको लागुऔषध सहित एकजना पक्राउ

वीरगञ्ज, १९ कार्तिक । किराना समान संगै खाने तेलको ग्यालीनमा लुकाएर ल्याइएको ठुलो परिमाणमा लागुऔषध सहित सशस्त्र प्रहरीले वीरगञ्ज बाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालीका वडा नम्बर १० बस्ने वर्ष १९ का मनु कुमार साह रहेका छन ।

उनको साथ बाट ठुलो परिमाणमा लागुऔषध डाइजापाम ३ सय ९७ गोटा, फेनार्गन ३ सय ९९ गोटा र नुर्फिन ३ सय ७९ गोटा बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले बताए ।

सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगञ्ज बाट खटिएको सशस्त्र प्रहरीको टोलीले इनर्वा गाउ स्थित खेतको बाटो भएर भारत बाट नेपाल तर्फ झोलामा राखी किराना समान संगै २ वटा तेलको ग्यालीन बोकी आउदै गरेको साहलाई शंका लागी चेकजाच गर्ने क्रममा ग्यालीन भित्र लुकाएर राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक बमले जानकारी दिए ।

सिमानाकामा आवात जावत केही खुकुलो भएसंगै लागुऔषध तस्करी बढेको देखिएपनि सशस्त्र प्रहरीले सिमानाकामा कडा निगरानी बढाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!