सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित एकजना पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीरगन्जले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी घर भई रक्सौल बस्ने वर्ष १७ को सुरज शर्मा रहेका छन।

सशस्त्र प्रहरी बल बिओपी वीरगंज बाट दशगजा क्षेत्रमा डियुटिमा खटिएको सशस्त्र प्रहरी वरिष्ठ हवल्दार लक्ष्मण खड्काको टोलीले चेकजाँचको क्रममा लागुऔषध सहित शर्मालाई पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले जानकारी दिए ।

शर्माको साथबाट डाइजपाम १ सय ९८ ग्राम, फेनारगन १ सय ९९ थान र नुर्फिन ३ सय ९६ थान बरामद भएको सशस्त्र प्रहरी निरीक्षक बमले बताए ।

कोरोना प्रभावका कारण बन्द रहेको सिमा नाका बाट अहिले समान्य आवात जावत हुन थालेपछी लागुऔषध तस्करहरू पनि सक्रिय भएका छन ।

खुला सिमा नाकाको फाईदा उठाएर अवैध गतिविधी गर्न सक्ने व्यक्ती माथी निगरानी बढाईएको सशस्त्र प्रहरी निरीक्षक बमले बताए ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!