कोरोना कारण बन्द वीरगंज रक्शौल नाका खोल्न माग गर्दै कांग्रेस पर्साले बुझायो ज्ञापन

वीरगञ्ज, १७ कात्तिक । कोरोना रोकथाम तथा नियन्त्रणका लागी विगत ९ महिनादेखि बन्द रहेको वीरगञ्ज-रक्सौल नाका खोल्न नेपाली कांग्रेस पर्साले माग गरेको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले चैत्रदेखि बन्द गरेको सिमा नाका खोलेर आवागमन सहज बनाउँन माग गर्दै नेपाली कांग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको हो ।

नेपाली कांग्रेस पर्साको क्षेत्र नम्बर १ को ‘ख’ को क्षेत्रीय कार्यसमितिले बुझाएको ज्ञापन पत्रमा नाका बन्द हुँदा नेपाल भारत बिचको रोटी बेटीको सम्बन्धलाई पनि असर परेको उल्लेख छ ।

तराई मधेसवासीको ठुलो पर्व दिपावली र छठ पनि नजिकिँदै गइरहेको बेलामा नाका बन्द गर्नु व्यवहारिक नभएको तर्क गर्दै कांग्रेसले लामो समयदेखि बन्द रहँदा आवागमन र व्यपार व्यवसायमा समेत कठिनाइ परेकाले नाका खोल्न सरकारसँग माग गरेको क्षेत्रिय सभापती अरविन्द कुमार गुप्ताले जानकारी दिए ।

कोभिड महामारीका कारण भारतले बन्द गरेको रक्सौल नाका कात्तिक ६ गतेदेखि एकतर्फीमा खोलिसकेको छ ।

नेपाल सरकारले भने वीरगञ्ज सहित देशकका अन्य सम्पूर्ण नाकाहरु कात्तिक ३० गतेसम्मका लागि बन्द रहने जनाएको छ ।

ज्ञापन बुझाउने टोलिमा क्षेत्रिय सचिव मनाेज महताे, एकाई सभापतिहरू गाेपाल राैनियार, विरेन्द महताे, कबिर अन्सारी, वडा अध्यक्षहरू दशरथ पटेल, गजेन्द्र कुर्मी, लखनलाल साह, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुधिर पटेल, युवा नेता मनाेज पटेल, रितेश गुप्ता, सुन्दर साहलगायतकाे सहभागिता रहेकाे थियाे ।

 

error: Content is protected !!