कांग्रेस र नेकपालाई खाल्टो गढा खनि माटोमा नपुरेसम्म मुलुक समृद्ध हुन सक्दैन् ः सांसद यादव

वीरगंज, १४ कार्तिक । कांग्रेस र नेकपालाई खाल्टो गढा खनि माटोमा नपुरेसम्म मुलुक समृद्ध हुन नसक्ने संघिय सांसद प्रदिप यादवले बताएका छन् ।

नेकपा र कांग्रेसले मुलुकलाई भ्रष्टाचारको दलदलमा धकेलेको आरोप लगाउँदै सांसद यादवले नेकपा र कांग्रेसलाई खाल्टो गढामा नपुरिनजेलसम्म मुलुकको विकास हुन नसक्ने दाबी गरेका छन् ।

पर्साको बहुअरी पिडँरीस्थित जनता समाजवादी पार्टी बहुदरमाई नगर कमिटिद्धारा आयोजित दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद यादवले वाईडबडी विमान खरिद, एनसेल कर र बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा नेकपा र कांगेस दुबै पार्टीका शिर्ष नेताहरु भ्रष्टाचार गरेको उनले आरोप लगाए ।

उनले भने,‘‘बालुवाटार जग्गा प्रकरणमा नेकपा र नेपाली कांग्रेस दुबै पार्टीको नेताहरुको संलनता छ तर कांगेसका नेता निलम्बित भएका छन् भने नेकपा नेता अहिले अर्थमन्त्री बनेका छन्’ उनले भने,‘‘मुलुकमा जस्को सत्ता छ उसैको शासन छ ।’’

कार्यक्रमका प्रमुख अतिथि एवम जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले वर्तमान सरकारले सत्ताको दम्भ देखाउँदै सदियौं देखी चल्दै आएको नेपाल भारतबिचको बेटीरोटी सम्बन्धलाई भत्काउने नियतले नागरिकता संसोधन विध्येक ल्याई मुलुकलाई अराजकतातिर धकेल्न खेलतिर लागेको आरोप लगाए ।

उनले भने,‘‘ यदि विदेशी बुहारीले ७ वर्षपछि मात्रै नागरिकता पाउँने ऐन आयो भने उले बिना नागरिकता कसरी जागिर खान्छ ? बैंकमा खाता कसरी खोल्छ ? कुनै कारण श्रीमानको मृत्यु भयो भने त्यसको अवस्था के हुन्छ ?’’उनले भने,‘‘ यो विध्येक मधेश र मधेशीमाथि दमन गर्ने ओली सरकारको निसाना हो, आफू कुनै हालतमा यो बिध्येक पारित हुन दिन्न । जसले संसदमा यो विध्येक पास गर्छ उसको टाउँकोमा संसदमै कुर्सी तोड्छु ।’’

‘‘हाम्रो शरीरमा मधेशको माटोबाट बनेको रगत छ । म पाँच पांडव होईन कि द्रोपतिको ईज्जद जादाँ पनि चुप लागेर बस्छु, उनले भने,‘‘म कृष्ण हँु, ईज्जत बचाउँनको लागी चक्रबाट शिर काट्ेर पनि मधेशको ईज्जत बचाउँछु ।’’

मधेशको मुद्दा र आवाज कुनै एउटै नेताले दबाउँदा वा विक्दा नदब्ने बताउँदै उनले सबै मधेशी जनतामा आफ्नो अधिकारप्रति जागरुपता आएको छ । एउटा नेता विक्यो भने मधेशको धर्तीबाट हजारौ नेता जन्मिने उनले बताए । राज्यको हरेक निकायमा समानुपातिक समावेशि नभएसम्म आफू चुप लागेर नबस्ने उनको भनाई छ ।

जसपा बहुदरमाई नगर कमिटि अध्यक्ष सिंघासन साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा वेगम, प्रदेश सांसद भिमा यादव, जसपा नेता रामनरेश यादव, तबरेज अहमद, जसपा बहुदरमाई नगर सचिव बिरेश यादव लगायत सयौंको उपस्थिति रहेको थियो ।

error: Content is protected !!