जनताको समस्या बुझ्न जनताको घर दैलोमा सांसद यादव

बीरगंज, १३ कार्तिक। पर्सा निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादव जनता को समस्या बुझ्न र विकास योजना बारे थप अनुगमन गर्न बीरगंज महानगरपालिका वडा न.२३ को सबैठवा र पर्सौनी पुगेर अवस्था बारे जानकारी लिएका छन ।

‘अपने के सांसद अपने के गाउँ’ अभियान अन्तरगत आफ्नो क्षेत्र को जनता संग भेट-घाट गर्न तथा स्थानीय समस्या, गुनासो बुझ्न र जनभावना अनुसार समस्याको समाधान गर्न साथै हरेक जनताको प्रत्यक्ष सरोकार रहने र लाभ हुने विकास को कार्य योजना बनाउन आफु पुगेको सांसद यादवले बताए ।

जनताको समस्या बुझ्न पुगेका सांसद यादवलाई स्थानीयले मुख्यत बती, नाला , सडक,छठ घाट खानेपानी र सफाई बारे गुनासो गरेका थिए साथै स्थानीय युवाहरुले खेलकुदको विकास र क्लबको निर्माण बारे आफ्नो धारणा राखेका थिए ।

स्थानीयको समस्या र गुनासो सुन्दै सांसद यादवले स्थानीय वडा कार्यालय र स्थानीय सरोकारवालाहरुको कार्ययोजना व्यवस्थित र पार्दरसी नभएको कारणले पनि जनता बढी मार्कामा परेको बताए ।

सांसद यादवले सामान्य समस्याहरुलाई स्थानीयले पनि सम्बोधन गर्न नसक्नुले झन् विकास गर्न जटिल भएको र आफ्नो थोरै बजेट भए पनि समस्या , जनआपेक्षा धेरै रहेको र क्षेत्र पनि ठुलो भएको हुन्नाले सहकार्य गरेर सबै समस्या बुँदागत रुपमा समाधान गर्ने बताए ।

गत आर्थिक वर्षमा पनि सो वडामा सांसद यादवले आफ्नो विकास बजेट बाट ५१ ओटा शौचालय निर्माण गरिएको र २५ घर धुरी लाई खानेपानीको व्यवस्थापन गरिएको बताए ।

साथै यस वर्ष पनि यस वडाको विकास निर्माणमा कुनै कसर बाकी न राख्ने बताएका थिए साथै स्थानीय जनता ,नेता , कार्यकर्ता संग दिपावली र छठ को शुभकामना दिएका थिए ।

सो कार्यक्रममा प्रदेश सांसद जन्नत अन्सारी ,जनता समाजवादी पार्टीको नगर अध्यक्ष इश्वर यादव , युवा नेता कुन्दन सिंह ,असलम आलम ,जनता समाजवादी पार्टीका एकाई अध्यक्ष जमुना यादव स्थानीय नेता अफताब आलम, मुन्ना , कालिम अन्सारी लगायतको उपस्तिथी रहेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!