बिन्दवासिनी घटनाका दोषीलाई कानुन बमोजिम दण्डित गर्न जसपा पर्साको माग

वीरगंज, ०९ कार्तिक । जनता समाजवादी पार्टी पर्साले बिन्दवासिनी घटनाका दोषीलाई कानुन बमोजिम दण्डित गर्न माग गरेको छ ।

पार्टीले आईतबार एक विज्ञप्ति जारी गर्दै बिन्दवासिनी घटनाका दोषीलाई कानुन बमोजिम दण्डित गर्न माग गरेको हो ।

तत्कालिन समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव तथा तत्कालीन राष्ट्रीय जनता पार्टी नेपालका पर्सा अध्यक्ष जगदीश पटेल द्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, बिहीबार नेकपाको गाउपालिका कमिटीको सपथग्रहण कार्यक्रममा भएको झडपमा साङ्घातिक आक्रमणमा परेर नेकपाका पर्सा जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी सचिव मुकेश चौरसियाको मृत्यु भएको घटनाले हामी मर्माहत भएका छौँ ।

यो नितान्त गैरराजनीतिक घटना हो । मुलुकको प्रचलित कानुनले किटान गरे अनुसार फौजदारी अपराधको यस घटनाको मुद्दा दर्ता भइ निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो दृढ माग छ ।

साथै नेपाल प्रहरीले यी र यस्ता घटनाहरुमा दबाब र प्रभावबाट मुक्त भएर पेसागत ब्यवसायिकतालाई पालन गर्नुपर्छ । कानुनी राज्य र बिधिको शासनको प्रत्याभूति गराउन प्रहरी, प्रशासन र न्यायीक निकायहरु बिचलनमुक्त हुन जरुरी छ ।

साथै यस दुर्भाग्यपूर्ण घटनापछि नेकपा पर्साका साथीहरूले समेत यसलाई राजनीति आवरण दिनबाट बच्नु पर्छ । मृतकप्रति र उनको परिवारजन प्रति न्याय गर्नको लागि एकमात्र बाटो भनेको निष्पक्ष अनुसन्धानमार्फत घटनालाई स्वतन्त्र रुपमा न्यायीक सुनुवाइ गर्दै दोषीलाई कानुन बमोजिम दण्डित गर्नु नै हो ।

यसमा कोही पनि बाधक न बन्न अपील गर्दछौं । मृतक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!