कोअपरेटिभ म्यानेजर्स क्लब पर्साको साधारण सभा सम्पन्न

वीरगंज । कोअपरेटिभ म्यानेजर्स क्लब पर्साको दोश्रो सधारण सभा सम्पन भएको छ ।

कल्बका अध्यक्ष जिस्नु बरालको सभापतित्वमा सम्पन सधारण सभामा प्रमुख अतिथी राष्ट्रिय सहकारी बिकाश बोर्डका संचालक सदस्य शम्भुप्रसाद गुप्ताले कोरोना कहरका बीच सहकारी संचालन चुनौतीपूर्ण भएपनि बचाव र सुरक्षाका विभिन्न मापदण्ड अपनाई सहकारीहरुले गाउगाउमा सेवा प्रदान गरिरहेको बताउनु भयो ।

कोरोना कालमा आम्दनीको श्रोत घटनु र रोजगारीको अवस्था सृजना नहुनु अहिलेको मुख्य चुनौतीलाई पनि सहज बनाउदै लैजाने गुप्ताले बताउनु भयो ।

कार्यक्रममा बिशिष्ठ अतिथि नेप्सकुनका संचालक हरेराम पटेल , पर्सा जिल्ला बचत संघका अध्यक्ष राजेश पडीत , कृषि जिल्ला सहकारी संघका अध्यक्ष शिव कुमार ,रेडक्रस पर्साका सभापती बिरेन्द्र कंडेल , राष्ट्रिय सहकारी बैकका शाखा प्रमुख सन्जय महतो , कोअपरेटिभ म्यानेजर्स क्लब पर्साका उपाध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, महासचिब रविभुषण श्रीबास्तव , सचिब श्री दिपक चौधरी , कोषाध्यक्ष सन्तोष लाल कर्ण , सदस्यहरु रामबाबु चौधरी ,प्रसन्ना सिंह, दीपेन्द्र श्रेष्ठ ,इन्दु रन्जिकार तथा उपस्थित कोअपरेटिभ म्यानेजर्स क्लब पर्साका सदस्यहरुको उपस्थिती रहेको थियो ।

error: Content is protected !!