ओबिसी महासंघद्वारा आयोजित रक्तदान कार्यक्रममा ६३ जनाले गरे रक्तदान

वीरगंज । अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज १३ स्थित राधेमाई मन्दिरको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा निलम कर्ण, शिखा कर्ण, पुनम कुशवाहा , मानबिक चौधरी , मुस्कान बर्णबाल , अकलेश साह ,रोशन सर्राफ, आकाश गुप्ता,संदिप महतो,राज रौनियार, सागर पटेल,सन्नी गुप्ता , रुपेश सिंह , दिपक साह , बिजय साह , अतेन्द्र पटेल , मुकेश साह , रन्जन मिश्र , बिशाल पान्डे लगायतले रक्तदान गरेका थिए ।

ओबिसि पर्साका अध्यक्ष अकलेश साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी ओबिसीका महासचिव तेज प्रसाद निषाद रहनु भएको थियो ।

रक्तदान कार्यक्रमका अखिल नेपाल पिछडावर्ग (OBC)महासंघ पर्साका उपाध्यक्ष बिकास पटेल , धर्मेन्द्र पटेल , राजन साह , आकाश गुप्ता , सन्दिप महतो , बिनोद यादव , ओबिसी धोबिनीका अध्यक्ष औनित राज रौनियार ,अतरेन्द्र पटेल , रुपेश रौनियार लगायतको सहभागीता रहेको थियो ।

 

 

error: Content is protected !!