पर्सा प्रहरीको ठुलो सफलता – वीरगंज बाट साढे २२ किलो सुन बरामद

वीरगंज,०१ कार्तिक। सिमावर्ती रक्सौल स्थित भारतिय भंसारको जांच पास प्रतिनिधीको बीरगन्जमा रहेको फलैट बाट साढे २२ किलो सुन बरामद भएको छ ।

सिमावर्ती रक्सौल नजिकै हरैया गाउ निवासी भारतिय भंसार जाच पास प्रतिनिधी अशोक सिन्हाको बीरगन्ज महानगर ५ रेशमकोठी स्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फलैट बाट सो सुन बरामद भएको हो ।

शुक्रवार साझ देखी पर्सा प्रहरीले अपार्टमेन्टलाई आफ्नो नियंत्रणमा लिएर शनिवार दिउसो सुन बरामद गरेको हो ।

अपार्टमेन्टको फलैट नम्बर ३०३ अशोक सिन्हाको नाममा विगत दुई वर्ष देखी अनुबन्धीत रहेको छ । तिन दाजु भाईमा सिन्हा जेठो हुन ।

उनको कान्छो भाई प्रमोद सिन्हा अहिले विहार विधान सभाको निर्वाचनमा रक्सौल विधान सभा क्षेत्रबाट अप्रत्यासितरुपमा भारतिय जनता पार्टीको प्रत्यासी बन्न सफल भएका छन ।

माइलो भाई मुन्ना सिन्हाको कोरोनाका कारण दुई महिना अगाडी मुत्यु भइसकेको छ ।

अशोक सिन्हा लामो समय देखी रक्सौल स्थित भारतिय भंसार कार्यालयको नजिक भई सिमामा सुन तस्करीको संजाल नै चलाउदै आएका छन ।

रक्सौल भंसार बाट दैनिक ४ सय देखी ५ सय सम्म मालवाहक गाडी जांच पास गराउने ठुलो एजेन्टको रुपमा काम गर्दै आएको अशोक सिन्हा पछिल्ला दुई वर्ष देखी सुन तस्करीमा समेत संल्गन रहेको बुझीएको र थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सुन संगै सुन व्यपार भएको केहि कागज बील समेत बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताउनु भयो ।

error: Content is protected !!