अमेरिकन मधेसी समाजद्वारा नारायणी अस्पतालमा आयुर्वेदिक औषधि र खाद्यान्न वितरण

वीरगञ्ज, २८ असोज । वीरगञ्जस्थित नारायणी अस्पतालमा आयुर्वेदिक औषधि र खाद्यान्न सामग्री वितरण गरिएको छ ।

अस्पतालमा बुधबार अमेरिकन मधेसी समाजद्वारा विरामी र स्वास्थ्यकर्मीहरुलाई आयुर्वेदिक औषधि र खाद्यान्न सामग्री वितरण गरिएको हो ।

समाजका नेपाल प्रतिनिधि एवम् जसपा वीरगञ्ज महानगर कमिटिका उपाध्यक्ष लखनलाल गुप्ताको नेतृत्वमा अस्पताल पुगेको टोलिले अस्पतालमा उपचाररत विरामी, त्याहाँ कार्यरत स्वास्थ्यकर्मी, कुरुवालगायतलाई आयुर्वेदिक औषधि, चमनप्रास, रोग प्रतिरोधात्मक औषधि, फलफूल, बिस्कुट, पानि लगायतका सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंह, डा. आर के सिंह, डा. दिलीप चौरसिया, डा. मोहम्मद सहाबुद्दीन, डा. दीपक चौरसिया, डा. नीरज साह लगायतको सहभागिता रहेको थियो ।

संस्थाले यसघिपनि विभिन्न समयमा सामाजिक क्रियाकलापहरु गर्दै आएको छ ।

error: Content is protected !!