नेकपाको कालिकामाई गाउपालिका कमिटीको शपथ ग्रहण सम्पन्न

पर्सा । नेपाल कम्युनिस्ट पार्टीको कालिकामाई गाउपालिका कमिटीको आज एक समारोहबीच शपथ ग्रहण सम्पन भएको छ ।

कालिकामाई वडा नम्बर ५ मा सम्पन एक कार्यक्रमका बिच नेकपा पर्साका अध्यक्ष प्रभु हजराले गाउपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी एवं नेकपा केन्द्रीय सदस्य निर्मला देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाको संघिय सरकारले अहिले विकाश र समृद्धिका योजनालाई प्राथमिकतामा राखि अघि बढिरहेकाे बताउनु भयो ।

कोरोना कहरकाे समयमा नागरिकको जीवन रक्षाका लागि सरकारले राहत र उपचारको क्रममा विभिन्न उपलब्धि मुलक काम गरेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश सदस्य बाबुराम कौसिक , तेजप्रकाश निषाद, संविधान सभा सदस्य एव पूर्व सांसद जयप्रकाश थारू, राजकुमार गुप्ता, प्रदुमन चौहान, जुनैद अंसारी,जगरनाथपुर गाउपालिका अध्यक्ष जालिम मियां, छिपहरमाई गाउपालिका अध्यक्ष मनोज गुप्ता, कालिकामाई गाउपालिका वडा नम्बर ५ का अध्यक्ष पवन तिवारी , जिल्ला कमिटी सदस्य बलिराम साह, शुनिल चौरसिया लगायतकाले मन्तव्य राखनु भएको थियो ।

कालिकामाई गाउपालिका कमिटीका अध्यक्ष शम्भु पालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

error: Content is protected !!