पटेर्वासुगौलीमा प्रहरीको छापा : १ सय ३१ किलो गांजा सहित एकजना पक्राउ

वीरगंज, २२ असोज । पर्सा प्रहरीले पटेर्वासुगौलीमा छापा मारेर प्रतिबन्धित लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउपालिका ५ देउरियाका राज ओझैया रहेका छन ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ओझैयाको घरमा छापा मारेर गाँजासहित ओझैयालाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी मनोजित कुंवरले बताए ।

गाँजासहित पक्राउ परेका ओझैयालाई जिल्ला  प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कुँवरले बताए ।

ओझैयाको घरमा छापा मारेर खानतलासी गर्दा पोका बनाएर राखिएको एकसय ३१ केजी गाजा  बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

 

error: Content is protected !!