आठ किलो अफिम सहित पर्सामा एकजना पक्राउ

वीरगंज, २१ असोज । पर्सा प्रहरीले लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका– १ तीनडोयिबाका २९ वर्षीय खोवारीप्रसाद कुर्मी रहेका छन् ।

उनको साथबाट आठ किलो अफिम बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले कुर्मीको घरमा छापा मारेर अफिमसहित कुर्मीलाई पक्राउ गरेको उनले बताए ।

अफिमसहित पक्राउ परेका कुर्मीलाई इलाका प्रहरी कार्यालय पोखरियाकै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कुँवरले बताए ।

कुर्मीको घरमा छापा मारेर खानतलासी गर्दा आठवटा पोकामा रहेको आठ केजी अफिम बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

 

error: Content is protected !!