दोस्रो पटक पनि भिजेकै अवस्थामा सुख्खा बन्दरगाह आईपुग्यो ४५ हजार बोरा मल

वीरगञ्ज, २० असोज । नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कम्पनी मार्फत खरिद गरेको डिएपी मल दोस्रो पटक पनि भिजेको अवस्थामा सुख्खा बन्दरगाहा अलौ ड्राइपोर्टमा आइपुगेको छ ।

४५ हजार बोरा मल कामै नलाग्ने आवस्थामा आएपछि पुन कृषकहरुले मलको आशा गरेर बसेका भएपनि निरास बनेका छन ।

साल्ट ट्रडिङ्ग कम्पनी भने भिजेको मलको बारेमा आफुहरु जिम्मेवार नभएको हचुवा जबाफ दिएर तर्किन खोज्छन ।

उनीहरु आपूर्तिकर्ताले सुख्खा बन्दरगाहामा मल आएपनि औपचारिक रुपमा हायण्डओभर नगरेकोले भिज्नु, कम गुणस्तर युक्त हुनु सबै आपूर्तिकर्ताले जिम्मा भएको बताउँछन ।

यस अघि आएको ५० हजार बोर मल पनि भिजेको अवस्थामा प्राप्त भएपनि त्यसको समेत कुनै टुङ्गो नलाग्दै अर्को लट पनि भिजेको मल आएपछि जिम्मेवार निकाय नै गैरजिम्मेवार बनेको छ ।

सैद्धान्तिक हिसाबले पनि आयात अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेको सुख्खा बन्दरगाहाको सूचना अधिकृत जगदिश पुरवेले बताए ।

बजारमा माग भएको युरिया अहिलेसम्म आउन सकेको छैन ।

सिजन नै नभएको डीएपी मल अहिले आएको छ । अहिले आयात गरिएको डीएपी मल अब हिउँदे बालीलाई मात्रै काम लाग्ने छ ।

अहिले आवश्यक रहेको युरिया मल भने अझै आउन सकेको छैन । किसानलाई युरिया मल आपूर्ति गर्नुको साटो साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले काम नलाग्ने डीएपी मल आयात गरेको छ ।

 

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!