नेशनल मेडिकल कलेजमा कोरोना परिक्षण शुरू, पिसिआर ल्याबको उद्घाटन

वीरगञ्ज, १९ असोज । नारायणी अस्पताल वीरगंजमा गरिदै आएको कोरोना परिक्षण अब नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पनी हुने भएको छ ‌।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले पनी पिसीआर प्रविधी बाट कोरोना परिक्षण सुरू गरेको हो ।

अस्पताल परिसर मै आज एक कार्यक्रमका बिच पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पिसिआर ल्याबको उद्घाटन गरेका छन।

यस अघि पिसिआर प्रविधी बाट नारायणी अस्पताल वीरगंजले मात्र कोरोना परिक्षण गर्ने गरेको मा अब निजी अस्पताल को रूपमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले पनी पिसिआर प्रविधी बाट कोरोना परिक्षण गर्ने छ ।

विश्व स्वास्थय संगठन (WHO) को मापदण्ड अनुसार सुरक्षित तरिकाले बनाइएको पिसिआर ल्याब
नेपाल मै आधुनिक रहेको उक्त पिसिआर मेशिनले ३ घण्टा भित्र रिपोर्ट दिने अस्पतालका प्रवक्ता सेराज अहमदले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमांग , सशस्त्र प्रहरी उपरीक्षक राजेंद्र खडका, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका संचालक डाक्टर जैनुदिन अंंसारी लगायतको उपस्थिति रहेको थियो।

 

 

error: Content is protected !!