भारत पठाउन राखिएको ३ लाख किलो अबैध केराउ बरामद

वीरगञ्ज, १४ असोज । बीरगन्ज महानगरपालिकाको सिमावर्ती क्षेत्र इनर्वा स्थित एउटा गोदामबाट ३ लाख २५ हजार किलो केराउ बरामद भएको छ ।

भारत पठाउन सिमा नजिकै अबैधरुपले गोदाम राखि त्यसमा केराउ भण्डारण भएको अवस्थामा प्रदेश २ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले केराउ नियंत्रणमा लिएको हो ।

गोदामबाट ५० किलोको ६ हजार ५ सय बोरा बरामद भएको हो ।

ललितपुर निवासी बेदान्त जंग राणा संचालक रहेको बाराको परवानीपुर गाउपालिका वडा नम्बर ३ लिपनीमालमा स्थित श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्ग प्रालिले बीरगन्ज महानगरको वडा नम्बर १६ इनर्वा बोर्डर नजिक अवैध रूपमा केराउ भण्डारण गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

गोप्य सुचनाको अधारमा राति करिब ११ बजे केराउ बोकेर सिमा तर्फ गइरहेको ट्रेक्टर पछ्याउदै जादा गोदाममा अबैध रुपले केराउ भण्डारण गरेको फेला परेको प्रदेश प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले बताउनु भयो । केराउ भण्डारण गरि राखेको ठाउबाट ना ६ त ८७१० नम्बरको टेक्टर नियंत्रणमा लिइएको छ ।

गोदामलाई सिल गरि प्रहरीले नियंत्रणमा राखेको छ ।
एकमहिना अगाडी मात्र गोदाम भाडामा लिएर चार जना सुरक्षा गार्ड तथा उच्च सुरक्षा प्राविधीका बीचमा उक्त गोदाममा केराउ राख्ने र रातिमा भारत पठाउने गरिएको पाइएको प्रहरीले जनाएको छ ।

तेश्रो मुलुकबाट डलर तिरेर नेपालमा आवश्यक्ता भन्दा अत्यधिक छोकडा, मरिच, केराउ आयात भएको छ ।

भारत पठाएर नाफा तथा भारुको बट्टा कमाउने दाउमा कतिपयको गोदाम मै केराउ, मरिच, छोकडा कुहिन थालेका छन , भने कतिपयले सिमा सिल रहेको अवस्थामा पनि तस्कर समुहबाट भारत तर्फ पठाउन सफल भइरहेका छन ।

पर्साको सिमानाकामा प्रहरी कै मिलोमतोमा तस्करी हुदै आएको गुनासो बढेपछि प्रदेश २ प्रहरी कार्यालय जनकपुरले बिषेश निगरानी गर्दा ठुलो परिमाणको अबैध केराउ बरामद भएको हो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!